पूर्वप्रधानमन्त्री भट्टराईदम्पती एक महिनापछि कोरोनामुक्त

आइतबार, ७ मंसिर, २०७७
डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री तथा संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमी कोरोनामुक्त भएका छन् । डा. भट्टराईले कोरोनामुक्त भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् । 

उनले भनेका छन्- एक महिनापछि कोभिड– १९ सँग हामी दुवैले युद्धविराम गरियो र नेगेटिभ रिपोर्ट प्राप्त गरियो । यो युद्धविराम हो, विजय हाेइन । यो महाव्याधिलाई एक्लाएक्लै जित्न सकिन्न, मानव जातिले संयुक्त रूपमा जित्नुपर्छ । अतः सबैले नियमित सुरक्षा विधि जारी राखौँ । शुभकामना र विविध सहयोग गर्नुहुने सबैलाई  मुरीमुरी धन्यवाद ।

सुझावित समाचार