ब्राजिलमा कोभिड संक्रमितको संख्या ६० लाख नाघ्यो

शनिबार, ६ मंसिर, २०७७
डिजिटल संस्करण

ब्राजिलमा कोभिड– १९ का संक्रमितहरूको संख्या ६० लाखभन्दा पनि बढी पुगेको छ । शुक्रबारसम्मको तथ्यांकअनुसार संक्रमितहरूको संख्या ६० लाख २० हजार एक सय ६४ जना पुगेको छ । 

ब्राजिलकाे स्वास्थ्य मन्त्रालयले दिएकाे जानकारीअनुसार गएको २४ घन्टामा मात्र ३८ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

एकैदिनमा पाँच सय ५२ जनाको ज्यान गएको छ । योसँगै यहाँ एक लाख ६८ हजार ६ सय १३ जनाको ज्यान गएको मन्त्रालयले जनाएकाे छ ।

कोरोनाबाट सबैभन्दा बढी मृत्यु हुनेमा ब्राजिल अमेरिकाछिको दाेस्रो स्थानमा पर्ने देश हो । त्यसैगरी ब्राजिल कोरोना संक्रमित हुनेमा अमेरिका र भारतपछिको तेस्रो देशमा पर्दछ ।

पछिल्ला हप्ताहरूमा ब्राजिमा संक्रमितहरूको संख्या दिन प्रतिदिन बढेको पाइएको छ । यहाँका अधिकारीहरूले खासगरी साओ पाओलोमा यसका  संक्रमितहरू बढी भेटिएका बताएका छन् ।

सुझावित समाचार