कोरोना मिटर : आज ५३६४ संक्रमित निको भए, १९४५ जनामा संक्रमण पुष्टि

शुक्रबार, ५ मंसिर, २०७७
डिजिटल संस्करण

नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार नौ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार शुक्रबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख १६ हजार नौ सय ६५ पुगेको छ । 

देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ६ सय ६५ रहेको छ। त्यस्तै, पछिल्लो २४ घन्टामा थप पाँच हजार तीन सय ६४ जना कोरोना संक्रमित निको भएका छन्। 

मन्त्रालयका अनुसार यो संख्यासँगै संक्रमण निको हुनेको संख्या एक लाख ९१  हजार एक सय दुई पुगेको छ। 

पछिल्लो २४ घन्टामा १० हजार तीन सय ४० पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएकाे छ । 

सुझावित समाचार