कोरोना संक्रमित वृद्धाको निधन

शुक्रबार, ५ मंसिर, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमित ७१ वर्षीया वृद्धाको निधन भएको छ । धरानस्थिति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना उपचार अस्पतालमा उनको निधन भएको हो ।

बोडेबर्साइन– ३ सप्तरीकी ती महिलामा पहिलेदेखि नै निमोनिया रहेको र उनीमा बिहीबार कोरोना पजिटिभ देखिएको अस्पतालले जनाएको छ । 

ती वृद्धाको सोही दिन अर्थात् बिहीबार राति साढे आठ बजे निधन भएको अस्पतालले जनाएको छ । 

उनको शव नियमअनुसार व्यवस्थापन हुने अस्पतालको भनाइ छ ।

सुझावित समाचार