कोरोनाबाट थप १७ जनाको मृत्यु, पाँच सय दुईजना संक्रमित थपिए, २८ सयभन्दा बढी संक्रमणमुक्त

मंगलबार, २ मंसिर, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसमेत मंगलबारसम्म मृत्यु हुनेको संख्या १२ सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा पाँच सय दुईजना कोरोना संक्रमित थपिएका छन् भने २८ सय ७८ जना निको भएका छन् । 

देशभर संक्रमितको संख्या दुई लाख १४ हजार चार सय ७५ पुगेको छ भने एक लाख ७९ हजार दुई सय ४२ जना निको भएका छन् । ३० हजार नौ सय ४६ जना सक्रिय संक्रमित छन् ।

सुझावित समाचार