कोरोनाबाट थप १३ जनाको निधन, हालसम्म निधन हुनेकाे संख्या १२ सय १५ पुग्याे

शनिबार, २९ कार्तिक, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर थप १३ जना कोरोना संक्रमितको निधन भएको छ ।

योसमेत शनिबारसम्म निधन हुनेको संख्या १२ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर शनिबार १९ सय ४६ जना कोरोना संक्रमित भएका छन् । त्यसैगरी संक्रमणमुक्त भएर २५ सय तीनजना डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितको संख्या ३६ हजार चार सय ५२ पुगेको छ । 

सुझावित समाचार