सुर्खेतमा कोरोना संक्रमितको निधन

शनिबार, २९ कार्तिक, २०७७
डिजिटल संस्करण

कोरोना भाइरस संक्रमणका कारण सुर्खेतमा एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका– ८ का ८० वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो ।

गत कात्तिक २३ मा कोरोना परीक्षण गर्दा कोरोना संक्रमण देखिएर होम आइसोलेसनमा बसेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि २४ गते प्रदेश अस्पताल कालागाउँमा भर्ना गरिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

मृतक पुरुषको अस्पताल भर्ना हुँदा अक्सिजन स्याचुरेसन न्यून रहेको र आकस्मिक तथा अन्य आवश्यक उपचार साथै अक्सिजन दिँदा पनि बचाउन नसकिएको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत कँडेलले बताए । कर्णालीमा कोरोनाका कारणले १७ जनाले ज्यान गुमाएका छन् ।
 

सुझावित समाचार