कोरोना संक्रमणबाट निधन हुनको संख्या १२ सय नाघ्यो, आज १३ जनाको निधन

शुक्रबार, २८ कार्तिक, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर थप १३  जना कोरोना संक्रमितको निधन भएको छ ।

योसमेत शुक्रबारसम्म १२ सय दुईजनाको संक्रमणबाट निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर आज थप २१ सय ११ जना कोरोना संक्रमित भएका छन् । त्यसैगरी संक्रमणमुक्त भएर ३५ सय ३७ जना डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितको संख्या ३७ हजार २२ पुगेको छ । 
 

सुझावित समाचार