पछिल्लो २४ घन्टामा देशभर गरिएका परीक्षणमा थप २१ सय ११ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै हालसम्म संक्रमित हुनेको संख्या दुई लाख ६ हजार तीन सय ५३ पुगेको छ।
यो अवधिमा संक्रमणमुक्त भई ३५ सय ३७ जना डिस्चार्ज भएका छन् ।
हालसम्म एक लाख ६८ हजार एक सय २९ जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् ।
हाल देशभर सक्रिय संक्रमित ३७ हजार २२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।