४२ दिनदेखि भारतमा सक्रिय संक्रमितको संख्यामा निरन्तर कमी

शुक्रबार, २८ कार्तिक, २०७७
डिजिटल संस्करण

भारतमा ४२ दिनयता सक्रिय संक्रमितको संख्या निरन्तर घट्दो क्रममा छ । सक्रिय संक्रमितको संख्या १७ सेप्टेम्बरमा १० लाख १७ हजार पुगेको थियो । अहिले घटेर चार लाख ८४ हजार मात्र छ । 

कोरोनाको प्रभाव बढी देखिएको भारतका पाँच राज्य महाराष्ट्र, केरला, दिल्ली, पश्चिम बंगाल र कर्नाटकमा ५५ प्रतिशत सक्रिय संक्रमित छन् ।

भारतमा दैनिक संक्रमित थपिनेभन्दा निको हुने दर बढी छ । बुधबार ४४ हजार पाँच सय ४६ संक्रमित थपिए भने ४९ हजार दुई सय ६६ जना निको भएका थिए ।

भारतमा अहिलेसम्म ८७ लाख २८ हजार जना संक्रमित भइसकेका छन् ।त्यसमध्ये ८१ लाख १३ हजार निको भएका छन् । एक लाख २८ हजारको संक्रमणकै कारण निधन भएको छ ।

सुझावित समाचार