कोरोना संक्रमणबाट थप २६ जनाको निधन

बुधबार, २६ कार्तिक, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर थप २६ जना कोरोना संक्रमितको निधन भएको छ ।

योसमेत हालसम्म ११ सय ७४ जनाको संक्रमणबाट निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर बुधबार थप २५ सय ६९ जना कोरोना संक्रमित भएका छन् । त्यसैगरी संक्रमणमुक्त भएर १६ सय ६६ जना डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितको संख्या ३८ हजार नौ सय १२ पुगेको छ । 

संक्रमितमध्ये तीन सय ८२ जनाको आइसियू र ९५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

सुझावित समाचार