विश्वभर कोरोना भाइरस संक्रमित पाँच करोड नाघे

सोमबार, २४ कार्तिक, २०७७
डिजिटल संस्करण

गत वर्षको डिसेम्बरमा सुरु भएको कोरोना भाइरसबाट हालसम्म विश्वमा पाँच करोडाभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन् । कोरोनाबाट हालसम्म पाँच करोड चार लाख दुई हजार पाँच सय ५८ जना संक्रमित भइसकेको र १२ लाख ५६ हजार दुई सय ५४ जनाको मृत्यु भएको जोन्स हप्किङ विश्वविद्यायलले सोमबार जानकारी दिएको छ । यसैबीच तीमध्ये तीन करोड ५५ लाखभन्दा बढी कोरोनामुक्त पनि भएका छन् । 

संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो भने यहाँ कोरोनाबाट दुई लाख ३७ हजार एक सय १३ जनको मृत्यु भइसकेको छ । अमेरिकामा ९९ लाख ७१ हजार ६ सय ५१ जना संक्रमित भएका छन् ।

अमेरिकापछि ब्राजिलमा एक लाख ६२ हजार तीन सय ९७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यहाँ ५६ लाख ६४ हजार एक सय १५ जना कोरोना संक्रमित भएका छन् । भारतमा एक लाख २६ हजार ६ सय ११ जनाको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ । यहाँ ८५ लाख ५३ हजार ६ सय ५७ जना हालसम्म संक्रमित भएका छन् ।
मेक्सिकोमा कोरोनाका कारण ९५ हजार २७ जनाको मृत्यु भइसकेको छ भने नौ लाख ६७ हजार आठ सय २५ जना संक्रमित भएका छन् । बेलायतमा ४९ हजार एक सय ३४ जनाको मृत्यु भएको छ भने ११ लाख ९५ हजार तीन सय ५० जना संक्रमित भएका छन् । 

चीनमा कोरोना भाइरसबाट ९१ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् भने चार हजार सात सय ४१ जनाको मृत्यु भएको थियो ।

सुझावित समाचार