कोरोनाबाट निधन हुनेको संख्या ११ सय नाघ्यो, आज २१ जनाको निधन

आइतबार, २३ कार्तिक, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर थप २१ जना कोरोना संक्रमितको निधन भएको छ ।

योसमेत हालसम्म ११ सय आठजनाको संक्रमणबाट निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर आइतबार थप २८ सय १७ जना कोरोना संक्रमित भएका छन् । त्यसैगरी संक्रमणमुक्त भएर २८ सय १२ जना डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितको संख्या ३५ हजार चार सय १९ छ । संक्रमितमध्ये तीन सय ९८ जनाको आइसियू र ८२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।  

सुझावित समाचार