काठमाडौं उपत्यकामा थपिए १५ सय १२ जना काेराेना संक्रमित

शनिबार, २२ कार्तिक, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकाको तीन जिल्लामा शनिबार थप १५ सय १२ जनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा १२ सय ९४, ललितपुर जिल्लामा एक सय ४१ र भक्तपुर जिल्लामा ७७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित हुनेमा पुरुष आठ सय ८७ र महिला ६ सय २५ जना छन् । 

हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १८ हजार आठ सय ६२ रहेको छ । त्यसमध्ये काठमाडौं जिल्लामा सक्रिय संक्रमित १५ हजार चार सय ५५, ललितपुरमा २१ सय ९१ र भक्तपुरमा १२ सय १६ जना रहेको मन्त्रालयले जनाएको छ । 

देशभर शनिबार २७ सय ५३ जनामा संक्रमण पुष्टि भएकाे छ । 

सुझावित समाचार