पछिल्लो २४ घन्टामा देशभर थप १८ जना कोरोना संक्रमितको निधन भएको छ ।
योसमेत हालसम्म संक्रमणबाट निधन हुनेको संख्या एक हजार ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर बिहीबार थप तीन हजार ५१ जना कोरोना संक्रमित भएका छन् । त्यसैगरी संक्रमितमध्ये चार सय २८ जनाको आइसियू र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।