काेराेना मिटर : आज थपिए तीन हजार ५१ जना संक्रमित, निको भए ३४ सय ३० जना

बिहिबार, २० कार्तिक, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर गरिएको परीक्षणमा थप तीन हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा १३ हजार ६८ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थप भएकोसमेत देशभर हालसम्म संक्रमित हुनेको संंख्या एक लाख ८५ हजार नौ सय ७४ पुगेको छ ।

संक्रमणमुक्त भई आज ३४ सय ३० जना डिस्चार्ज भएका छन् ।

हालसम्म एक लाख ४८ हजार चार सय आठजना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् । 

मन्त्रालयका अनुसार संक्रमित निको हुने दर ७९.८ प्रतिशत छ । 

हाल देशभर सक्रिय संक्रमित ३६ हजार पाँच सय १४ जना रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमितमध्ये चार सय २८ जनाको आइसियू र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 
 

सुझावित समाचार