काठमाडौंमा थपिए १३ सय ९८ जना संक्रमित

बिहिबार, २० कार्तिक, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकाको तीन जिल्लामा बिहीबार थप १३ सय ९८ जनामा संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा एक हजार ९१ जना, ललितपुरमा एक सय ६० जना र भक्तपुरमा एक सय ४७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज देशभर तीन हजार ५१ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ३४ सय ३० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

सुझावित समाचार