काठमाडौं उपत्यकाको तीन जिल्लामा बुधबार थप १८ सय ७८ जनामा संक्रमण देखिएको छ ।
उपत्यकाको काठमाडौं जिल्लामा १५ सय ७० जना, ललितपुरमा एक सय ८९ जना र भक्तपुरमा एक सय १९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज देशभर ३३ सय नौजनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ३८ सय ४४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।