कोरोनाबाट निधन हुनेको संख्या एक हजार नाघ्यो, आज थप २० जनाको निधन

मंगलबार, १८ कार्तिक, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप २० जनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म एक हजार चारजनाको संक्रमणबाट निधन भएको जनाएको छ । 

मन्त्रालयका अनुसार आइतबार देशभर थप ३१ सय १४ जना संक्रमित थपिएको र ३१ सय ४२ जना निको भएका छन् ।

सक्रिय संक्रमित ३७ हजार चार सय ७६ जना छन् । 

त्यसैगरी संक्रमितमध्ये तीन सय ७२ जनाको आइसियू र ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । 

सुझावित समाचार