पाल्पामा एक कोरोना संक्रमित पुरुषको निधन

मंगलबार, १८ कार्तिक, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमणका कारण रामपुर नगरपालिका– ७ का एक पुरुषको निधन भएको छ । ४४ वर्षीय ती पुरुष पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचाररत थिए ।

गत ५ कात्तिकमा कोरोना पुष्टि भएपछि मेडिकल कलेजको आइसोलेसनमा केही दिन उपचार गरी उनी आइतबार घर फर्किएका थिए । 

पुनः सोमबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गएराति १ बजे मेडिकल कलेजमै भर्ना गरिएको थियो । 

उनको उपचारको क्रममा मंगलबार बिहान ८ः४५ बजे निधन भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । 

उनको निधन भएसँगै कोरोना संक्रमणका कारण पाल्पामा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

सुझावित समाचार