नक्कली डिएसपी पक्राउ

सोमबार, १७ कार्तिक, २०७७
डिजिटल संस्करण

आफूलाई डिएसपी हुँ भन्दै मोबाइलमा फोन गरी धम्क्याउने एक व्यक्ति पक्राउ परेका छन् । 

प्रहरीले नक्कली डिएसपी बब्लु झालाई पक्राउ गरेको हो । 

झाले यही कात्तिक १३ गते आफूलाई कालिमाटी वृत्तको डिएसपी भएको भन्दै काठमाडौं बानेश्वर बस्दै आएका चन्दु झालाई फोन गरी धम्क्याएका थिए । 

यसबारेमा चन्दु झाले दिएको उजुरीको आधारमा खोजतलास गर्दै जाँदा डिएसपी हुँ भन्दै फोन गर्ने बब्लु झालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

सुझावित समाचार