भारतमा याे महिना थपिए १७ लाख संक्रमित

शुक्रबार, १४ कार्तिक, २०७७
डिजिटल संस्करण

भारतमा अक्टाेबर महिनाको २९ दिनमा कोरोनाका १७ लाख नयाँ संक्रमित थपिएका छन् ।

यो अघिल्लो महिनाको तुलनामा भने नौ लाख कम हो । सेप्टेम्बरमा भारतभर २६ लाख नयाँ संक्रमित थपिएका थिए ।

भारतमा अहिलेसम्म कुल संक्रमित हुनेको संख्या ८० लाख ८९ हजार पाँच सय ९३ पुगेको छ ।

त्यसमध्ये ७३ लाख ७१ हजार आठ सय ९८ जना संक्रमणमुक्त भइसकेका छन् ।

देशभर दैनिक संक्रमित हुने घट्दै गएकाले भारतमा अहिले सक्रिय संक्रमित घटेर ६ लाखभन्दा कममा सीमित भएको छ ।

हाल भारतमा पाँच लाख ९५ हजार एक सय ५१ जना सक्रिय संक्रमित छन् ।

हालसम्म एक लाख २१ हजार एक सय ४४ जनाको संक्रमणका कारण निधन भएको छ ।
 

दिल्ली र केरलामा संक्रमित बढे
नयाँ संक्रमित थपिने क्रम घटेको र निको हुने बढेका वेला भारतको केन्द्रीय राजधानी दिल्ली र केरलामा भने केही दिनयता संक्रमित बढेका छन् । 

चाडबाडका कारण भिडभाड बढेको र जनस्वास्थ्यका मापदण्ड पालनामा कमी आउँदा संक्रमित बढेको अनुमान गरिएको छ ।

सुझावित समाचार