भारतमा दैनिक संक्रमितको संख्या निरन्तर घट्दै

सोमबार, १० कार्तिक, २०७७
डिजिटल संस्करण

भारतमा दैनिक परीक्षणबाट कोरोना पुष्टि हुने संक्रमितको संख्या लगातार घट्दै गएको छ । 

पछिल्लो २४ घन्टामा भारतभर ४५ हजार पाँच सय ९० नयाँ संक्रमित थपिएका छन् । भारतमा केही दिनयता संक्रमित थपिने क्रम घट्दै गएको हो ।

त्यसैगरी आइतबार चार सय ६० जना संक्रमितको निधन भएको छ । यो संख्या एक सय १२ दिनयताकै सबैभन्दा कम हो । यसअघि ५ जुलाईमा चार सय २१ जनाको निधन भएको थियो । 

आइतबार ५८ हजार नौ सय ३० संक्रमित निको भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमित थपिनेको तुलनामा निको हुने दर बढ्दै गएपछि सक्रिय संक्रमित पनि घट्दै गएका छन् ।

आइतबारसम्म भारतमा सक्रिय संक्रमितको संख्या ६ लाख ५४ छ । भारतमा अहिलेसम्म संक्रमित हुनेको संख्या ७९ लाख ९० हजार पुगेको छ । त्यसमध्ये ७१ लाख ३३ हजार संक्रमित निको भइसकेका छन् भने संक्रमणबाट एक लाख १९ हजारको निधन भएको छ ।

सुझावित समाचार