काठमाडौं उपत्यकामा थपिए १७ सय दुईजना संक्रमित

मंगलबार, ४ कार्तिक, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १७ सय  दुईजना संक्रमित थपिएका छन्।

उपत्यकाको काठमाडौं जिल्लामा १४ सय ३१ जना, ललितपुरमा एक सय २३ जना र भक्तपुरमा एक सय ४८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

मंगलबार देशभर तीन हजार ९३ जनामा कोरोना संक्रमण देखिएको छ भने  २१ सय आठजना संक्रमित  निको भएर डिस्चार्ज भएका छन् ।

सुझावित समाचार