काठमाडौं उपत्यकामा थपिए २३ सय ८८ संक्रमित

सोमबार, ३ कार्तिक, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा  २३ सय ८८ जना संक्रमित थपिएका छन्।

उपत्यकाको काठमाडौं जिल्लामा दुई हजार आठजना, ललितपुरमा दुई सय ८१ र भक्तपुरमा ९९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घन्टामा देशभर ३७ सय ९० जनामा कोरोना संक्रमण देखिएको छ भने २३ सय ३५संक्रमित  निको भएर डिस्चार्ज भएका छन् ।

सुझावित समाचार