गोरखामा एक लाख ४६ हजार नगदसहित १२ जुवाडे पक्राउ

सोमबार, ३ कार्तिक, २०७७
डिजिटल संस्करण

गोरखामा १२ जना जुवाडे पक्राउ परेका छन् । उनीहरूलाई गोरखा नगरपालिका– ४ स्थित पन्थेस्वाँराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी वासुदेव खतिवडाले बताए । 

आइतबार राति करिब ११ बजेतिर कुखुराको खोरमा कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको उनले जानकारी दिए । 

विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको उनको भनाइ छ । 

डिएसपी खतिवडाका अनुसार उनीहरूको साथबाट कौडा र एक लाख ४६ हजार नगदसमेत बरामद गरिएको छ ।

सुझावित समाचार