काठमाडौं उपत्यकामा थपिए १७ सय ४६ संक्रमित

शनिबार, १ कार्तिक, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १७ सय ४६ जना संक्रमित थपिएका छन्।

उपत्यकाको काठमाडौंमा १४ सय ५१, ललितपुरमा एक सय ५२  र भक्तपुरमा एक सय ४३  संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घन्टामा देशभर ३१ सय ६७ जनामा कोरोना संक्रमण देखिएको छ भने संक्रमितमध्ये १८ सय निको भएर डिस्चार्ज भएका छन् ।

सुझावित समाचार