कोरोना संक्रमित एक महिलाको धरानमा निधन

बिहिबार, २९ असोज, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमित एक ६३ वर्षीया महिलाको निधन भएको छ । 

धरानकी ६३ वर्षीया महिलाको बिहीबार बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार अस्पतालमा निधन भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । 

उनी मुटुरोगजस्ता दीर्घरोगबाट पीडित रहेको र उनीमा कोरोना यही २२ असोजमा पजिटिभ देखिएको उनले बताए । 

मृतकको शव नियमानुसार व्यवस्थापन हुने प्रतिष्ठानले जनाएको छ ।

सुझावित समाचार