काठमाडौं उपत्यकामा थपिए २१ सय २९ जना संक्रमित

मंगलबार, २७ असोज, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा मंगलबार २१ सय २९ जनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा एक हजार सात सय ४६ जना, ललितपुरमा दुई सय १६ जना र भक्तपुरमा  एक सय ६७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

देशभर आज तीन हजार पाँच सय ५६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १५ सय तीनजना निको भएर डिस्चार्ज भएका छन् । 

सुझावित समाचार