बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो

मंगलबार, २७ असोज, २०७७
डिजिटल संस्करण

कोरोना संक्रमण तीव्र गतिमा बढेसँगै बागमती प्रदेशमा संक्रमितको संख्या ५० हजार नाघेको छ । २६ असोजसम्मको तथ्यांकअनुसार बागमतीमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले बागमतीमा हालसम्म कुल संक्रमितको संख्या ५२ हजार १२ जना पुगेको तथ्यांकमा उल्लेख गरेको छ ।

सोमबार प्रदेशका १३ जिल्लामा दुई हजार ६ सय एकजनालाई कोरोना संक्रमण पुष्टि भएसँगै बागमतीमा संक्रमितको संख्या ५२ हजार १२ पुगेको मन्त्रालयका कोभिड– १९ प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंले जानकारी दिए । 

उनका अनुसारका प्रदेशका १३ जिल्लामध्ये संघीय राजधानी काठमाडौंमा संक्रमितको संख्या सबैभन्दा धेरै छ । काठमाडौंमा ३५ हजार ६ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ ।

ललितपुरका चार हजार नाै सय ८४, भक्तपुरका तीन हजार चार सय ७६, चितवनका तीन हजार ८०, मकवानपुरका एक हजार नाै सय ३३, काभ्रेपलाञ्चोकका नौ सय ३३, धादिङका ६ सय ६८, नुवाकोटका तीन सय २०, सिन्धुपाल्चोकका दुई सय ६५, सिन्धुलीका दुई सय ६४, रामेछापका दुई सय ५३, दोलखाका एक सय ७३ र रसुवाका ३२ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता सेढाईंले बताए ।

बागमतीमा हालसम्म कोरोना संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या २९ हजार तीन सय ८९ अर्थात् कुल संक्रमितको ५६.५ प्रतिशत, उपचाररत २२ हजार तीन सय ५० अर्थात् ४२.९ प्रतिशत र मृत्यु हुनेको संख्या दुई सय ७३ अर्थात् ०.५२ प्रतिशत रहेको छ । बागमतीमा देशको कुल संक्रमितको ४६.५२ प्रतिशत संख्या रहेको मन्त्रालयले जनाएको छ ।    

सुझावित समाचार