होम आइसोलेसनमै धरानका एक संक्रमितको निधन

सोमबार, २६ असोज, २०७७
डिजिटल संस्करण

धरानमा कोरोना संक्रमित एक पुरुषको साेमबार होम आइसोलेसनमा बसेकै अवस्थामा निधन भएको छ ।  

उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले धरान उपमहानगरपालिका– १५ स्थित घरमै आइसोलेसन बसेका पुरुषको मृत्यु भएको बताए ।

बेलायत जानका लागि एक साताअघि बिपी प्रतिष्ठानमा शुल्क तिरेर पिसिआर परीक्षण गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

छोरोको मृत्यु संस्कारका लागि बेलायतबाट आएका उनको रिपाेर्ट पजिटिभ आएपछि होम आइसोलेसनमा बसेका थिए । बिपी प्रतिष्ठानको कोभिड अस्पतालमा पनि भिड भएका कारण उनलाई घरमै राखिएको थियो । 
 

सुझावित समाचार