आइएमई पेमार्फत दसैँको किनमेल गर्दा ३० प्रतिशत क्यास ब्याक

सोमबार, २६ असोज, २०७७
डिजिटल संस्करण

आइएमई ग्रुपद्वारा सञ्चालित र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ले दसैँको अवसरमा गरिने किनमेलमा क्यास ब्याक दिने भएको छ । कम्पनीले आइएमई पे मोबाइल वालेटमार्फत गरिने भुक्तानीमा ३० प्रतिशत क्यास ब्याकको अफर ल्याएको हो ।  

किराना, किनुमन, ठूलो डट कम, काठमाडौं अर्गानिक, सोचेको डट कम र नेपमेड्सका आउटलेटबाट बिक्री हुने औषधि, तरकारी, फलफूल र लत्ताकपडा खरिदको भुक्तानीमा यो अफर लागू हुने जनाइएको छ । यो अफर कात्तिक ७ गतेसम्म कायम हुने कम्पनीले जनाएको छ । 

यो अफरले कोभिड–१९ को बढ्दो प्रभाव र अपनाउनुपर्ने सुरक्षा सतर्कताअन्तर्गत सामाजिक र भौतिक दूरी कायम गर्न उपभोक्तालाई सहज हुने विश्वास लिएको कम्पनीको भनाइ छ ।

सुझावित समाचार