ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या डेढ लाख नाघ्यो

आइतबार, २५ असोज, २०७७
डिजिटल संस्करण

कोरोना भाइरसबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा स्थानीय समयअनुसार शनिबार रातिसम्ममा मृत्यु हुनेको संख्या एक लाख ५० हजार नाघेको छ । कोरोना संक्रमणको दरमा केही दिनदेखि कमी आए पनि कुल मृतकको आधारमा ब्राजिल संयुक्त राज्य अमेरिकापछि विश्वमै दोस्रो स्थानमा छ ।

ब्राजिलका राष्ट्रपति जेयर बोल्सेनारोले कोरोनाले गर्न सक्ने क्षतिलाई बेवास्ता गरेको आरोप लागिरहेका वेला कोरोना संक्रमितको मृत्यु उच्च गतिमा बढेको थियो । राष्ट्रपति बोल्सेनारोले सामाजिक दूरीका नियमलाई समेत बेवास्ता गर्दै ठुल्ठूला सभा आयोजना गरेका थिए । 

उनले गभर्नर र मेयरहरूले लकडाउन गर्न र कडा नियमहरू अगाडि सारे पनि अस्वीकार गरेका थिए । यहीबीच गत जुलाईमा उनी स्वयंलाई कोरोना संक्रमण भएको थियो । 
तर, पछिल्ला केही दिनदेखि ब्राजिलमा कोरोना संक्रमण दरमा कमी आउन थालेको छ । एक–डेढ महिनाको अवधिमा संक्रमण दरमा कमी देखिएको हो । पछिल्लो सात दिनमा दैनिक पाँच सय ९८ जनाको मृत्यु भइरहे पनि मे महिनाको तुलनामा निकै कम हो । 

सुझावित समाचार