कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १४ जनाको निधन भएको छ ।
दुईजना महिला र १२ जना पुरुषको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा एक महिला र दुई पुरुष गरी तीनजना, ललितपुरमा दुई पुरुष, मोरङमा दुई पुरुषको निधन भएको छ ।
त्यसैगरी सर्लाही, सुनसरी, मकवानपुर, भक्तपुर, नवलपरासीपूर्व, रुपन्देहीमा एक–एक पुरुष र धादिङमा एक महिलाको निधन भएको मन्त्रालयले जनाएको छ ।
योसमेत देशभर कोरोना संक्रमणबाट निधन हुनेको संख्या ६ सय २० पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।