काठमाडौं उपत्यकामा थपिए १४ सय नौजना संक्रमित

शुक्रबार, २३ असोज, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा शुक्रबार थप  १४ सय नौजनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा ११ सय १६ जना, ललितपुरमा एक सय ६३ जना र भक्तपुरमा  एक सय ३०  जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

देशभर शुक्रबार दुई हजार५९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १६ सय ८० जना निको भएर डिस्चार्ज भएका छन् । 

सुझावित समाचार