जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँचको मृत्यु

बुधबार, २१ असोज, २०७७
डिजिटल संस्करण

जाजरकोटस्थित जुनिचाँदे गाउँपालिका– १ ओलभिरमा भे.१ज ९३५ नम्बरको जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं. ११ का वडाध्यक्ष अमरबहादुर शाहीसहित कृति शाही,  ख्यामबहादुर शाही, वडा ५ की  मालिका बस्नेत र कृष्णबहादुर शाही रहेको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र  रेग्मीले जानकारी दिए । 

जुनिचाँदे कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलंगाबाट पराले जाँदै गरेको जिप दुर्घटनामा परेको हो । जिपमा रहेका जुनिचाँदे ११ का नरबहादुर बुढा घाइते भएका छन् ।

सुझावित समाचार