लमजुङमा जिपको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मर्स्याङ्दी गाउँपालिका ६ ठूलीबेंसीमा जिपको ठक्करबाट स्थानीय ७० वर्षीया टुकमाया थापाको मृत्यु भएको हो ।
ठूलीबेंसीबाट बेसीसहर आउँदै गरेको ग.२च ९११७ नम्बरको जिपले मंगलबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएकी थापाको उपचारको क्रममा मृत्यु भएको डिएसपी गंगाबहादुर थापाले बताए । उनका अनुसार जिप पछाडि फर्काउने क्रममा वृद्धालाई ठक्कर दिएको थियो ।
चालक कमल थापा र जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिपको ठक्करबाट गम्भीर घाइते भएकी वृद्धाको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपी थापाले बताए ।