विगत २४ घन्टामा देशभर थप नौजना कोरोना संक्रमितको निधन भएको छ ।
योसमेत देशभर कोरोनाबाट निधन हुनेको संख्या पाँच सय ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
निधन हुनेमा चारजना महिला र पाँचजना पुरुष छन् ।
ललितपुरमा एक महिला र दुई पुरुष गरी तीनजना, काठमाडौंमा दुई महिलाको निधन भएको छ । त्यसैगरी नवलपरासीकी एक महिला, तेह्रथुम, चितवन र सुनसरीका एक–एक पुरुषको निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।