काठमाडौं उपत्यकामा सोमबार थप एक हजार १७ जनामा कोरोना संक्रमण देखिएको छ ।
उपत्यकाको काठमाडौं जिल्लामा सात सय ८३ जना, ललितपुरमा एक सय १८ जना र भक्तपुरमा एक सय १६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर आइतबार १५ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ भने २३ सय ४० संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।