बिपी प्रतिष्ठानमा धरानका एक कोरोना संक्रमितको मृत्यु

मंगलबार, २० असोज, २०७७
डिजिटल संस्करण

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड– १९ अस्पतालमा धरानका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै धरानमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ ।  

धरान–३ का ६४ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । मधुमेह,टिबीजस्ता दीर्घरोग भएका उनलाई गत असोज १२ गते अस्पताल भर्ना गरिएको थियो ।

श्वास–प्रश्वासमा समस्या देखिएपछि असोज १२ गते नै उनको स्वाब परीक्षण गर्दा  कोरोना पोजेटिभ देखिएको थियो ।  प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको संख्या ४२ पुगेको छ । प्रतिष्ठानमा सोमबार बिहान तेह्रथुम र धरानका थप दुईजनाको मृत्यु भएको थियो ।

सुझावित समाचार