कोरोना संक्रमित थप सातजनाको पछिल्लो २४ घन्टाभित्र निधन भएको छ ।
निधन हुनेमा महिला चारजना र पुरुष तीनजना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बाँके जिल्लामा एक पुरुष र एक महिला गरी दुईजनाको निधन भएको छ । काठमाडौं र ललितपुरका एक–एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी चितवन, मकवानपुर र कञ्चनपुरका एक–एक महिलाको निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
योसमेत देशभर हालसम्म संक्रमणबाट निधन हुनेको संख्या पाँच सय ३५ पुगेको मन्त्रालयले जनाएको छ ।