सर्वाेच्च अदालतका न्यायाधीश र कर्मचारीहरूमा कोरोना संक्रमण

आइतबार, १८ असोज, २०७७
डिजिटल संस्करण

सर्वाेच्च अदालतका न्यायाधीश र केही अधिकृत तथा अन्य कर्मचारीमा कोरोना संक्रमण भएको छ ।

सर्वाेच्च अदालतले विज्ञप्ति निकालेर संक्रमित न्यायाधीश र कर्मचारीहरू होम क्वारेन्टिनमा रहेको जानकारी दिएको हो । 

न्यायाधीश र कर्मचारीहरू कोरोनाबाट संक्रमित भएपछि अदालतको कामसमेत प्रभावित बनेको छ । 

सर्वाेच्च अदालतद्वारा आइतबार जारी विज्ञप्तिमा कतिजना न्यायाधीश र कतिजना कर्मचारी कोरोनाबाट संक्रमित भएका हुन् भन्नेबारे भने केही खुलाइएको छैन् ।

सुझावित समाचार