धरानमा थप एक संक्रमितको निधन

शनिबार, १७ असोज, २०७७
डिजिटल संस्करण

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एकजना कोरोना संक्रमितको निधन भएको छ । सुनसरीको इनरुवा नगरपालिका घर भएकी २८ वर्षीया युवतीको निधन भएको प्रतिष्ठानले जनाएको छ। 

उनको प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिस श्रेष्ठले जानकारी दिए । 

उनलाई असोज ८ मा संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । कुनै दीर्घरोग नभएकी ती युवतीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । योसँगै प्रतिष्ठानमा कोरोनाबाट निधन हुने संख्या ३९ पुगेको छ । 
 

सुझावित समाचार