धनुषामा बालक र युवकको शव फेला

शुक्रबार, १६ असोज, २०७७
डिजिटल संस्करण

धनुषामा बालक र युवकको शव फेला परेको छ । बिहीबारदेखि हराइरहेका धनुषाधाम नगरपालिका– ७ किसानपुरका रामेश्वर सदाका ५ वर्षीय छोरा रूपेश सदाको शव शुक्रबार फेला परेको हो । 

बिहीबार बिहान करिब १० बजेदेखि घरबाट हराइरहेका बालकको शव उनकै  घरदेखि करिब पाँच सय मिटर उत्तरतिर फेला परेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए ।

मृतक बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जनकपुरधामको धनुषसागर पोखरीमा एक पुरुषको पनि शव फेला परेको छ । बुधबार साँझ पोखरीमा हाम फालेर बेपत्ता भएका अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो । मृतकको सनाखत हुन सकेको छैन । 

सुझावित समाचार