भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाखनजिक पुगेको छ ।
शुक्रबारसम्ममा ९९ हजार सात सय ७३ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा ८१ हजार चार सय ८४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै भारतमा शुक्रबारसम्म कुल संक्रमितको संख्या ६३ लाख नाघेको छ ।
भारतमा ५३ लाख ५२ हजार संक्रमित भने निको भइसकेका छन् । अहिले नौ लाख ४२ हजार सक्रिय संक्रमित छन् ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषदले हालसम्म सात करोड ६७ लाख नमुना परीक्षण गरेको जनाएको छ ।