जुम्लाको सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिका क्षेत्र सिल गरिएको छ । २४ घन्टामा २७ स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना संक्रमण देखिएपछि नगरपालिका क्षेत्र सिल गरिएको हो ।
चन्दनाथ नगपालिकाको पूर्वमा दानसाँघु, दक्षिणमा तिला नदी, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र पश्चिममा गमगाड क्षेत्रभित्र सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए ।
उनले भने, ‘बिहीबार ३ बजेदेखि लागू हुने गरी १८ असोजसम्म नगरपालिका क्षेत्र कन्ट्याक्ट ट्रेसिङ गर्न सिल गरिएको हो ।’
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निमित्त अस्पताल निर्देशक चिकित्सक अनुपमंंगल समालले अस्पतालका आकस्मिकबाहेकका सेवा बन्द गरिएको जानकारी दिए ।