काेराेना मिटर : आज थपिए १५ सय ५९ संक्रमित, सक्रिय संक्रमित २० हजार आठ सय ९१ पुगे

बुधबार, १४ असोज, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा १५ सय ५९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । 

यो अवधिमा १२ हजार दुई सय पाँचजनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थप भएकोसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ७७ हजार आठ सय १७  पुगेको छ । 

त्यसैगरी आज एक हजार ५७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । 

कुल निको हुनेको संख्या ५६ चार सय २८ पुगेको मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना निको हुने दर ७२.५ प्रतिशत रहेको पनि जानकारी दिए । 

हाल देशभर २० हजार आठ सय ९१ जना सक्रिय कोरोना संक्रमित रहेको गौतमले बताए । 

संक्रमितमध्ये दुई सय एकजनाको आइसियू र ३० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

सुझावित समाचार