बाघको आक्रमणबाट रौतहटमा एकको मृत्यु

बुधबार, १४ असोज, २०७७
डिजिटल संस्करण

रौतहटमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । चन्द्रपुर– ६ का २७ वर्षीय संगम भण्डारी मंगलबार दिउँसो घाँस लिन जंगल गएको र अबेरसम्म फर्केर नआएपछि  उनको खोजीका लागि बुधबार बिहानैबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । 

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेमबहादुर शाहीले भण्डारीको शव चन्द्रपुर– ४ को जंगलमा शरीरको तल्लो भाग आधा खाएको अवस्थामा फेला परेको जानकारी दिए । 

मंगलबार साँझ उनलाई खोज्न जाँदा बाघको आक्रमणमा परेर चन्द्रपुर– ६ का ३० वर्षीय अशोक थापा र ३४ वर्षीय प्रवीण श्रेष्ठ घाइते भएका थिए । घाइतेहरूको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको डिएसपी शाहीले बताए । 

सुझावित समाचार