काठमाडौं उपत्यकामा थपिए नौ सय ३४ संक्रमित

मंगलबार, १३ असोज, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा मंगलबार थप नौ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौं जिल्लामा सात सय ४७, ललितपुरमा एक सय १४ र भक्तपुरमा ७३ जनालाई संक्रमण देखिएको हो । 

देशभर आज १५ सय १३ जना नयाँ कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । यो अवधिमा सात सय ३१ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । 

सुझावित समाचार