काठमाडौं उपत्यकामा थपिए सात सय २४ संक्रमित

शनिबार, १० असोज, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा शनिबार थप सात सय २४ जनामा कोरोना संक्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौं जिल्लामा पाँच सय ८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनालाई संक्रमण देखिएको हो । 

देशभर आज १२ सय सातजना नयाँ कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । यो अवधिमा ११ सय ४७ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । 

सुझावित समाचार